Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

IMG_4610

काठमाडौं – मलाई होली मन पर्छ । तर, होली खेल्ने मुड आज थिएन । तथापी, सञ्चाकर्मीको धर्म निभाउँदै ठमेलमा खेलिएका होलीको दृश्यहरु पाठकसमक्ष पस्किन क्यामेरा बोकेर ठमेल छिरेँ ।

IMG_4604
IMG_4600
सञ्चयकोष भवन नजिकै मोटरसाइकल पार्किङ गरेर ठमेल छिर्दै गर्दा सञ्चयकोष चोकमा लोला, विभिन्न किसिमका रंग, पानी र सुइरो किन्ने विदेशीहरुको घुँईचो नै रहेछ । व्यापारी दाजुलाई भ्याइनभ्याइ थियो । हातैको ईसाराले धमाधम व्यापार चलाईरहेका थिए । अलि भित्र छिरें – नरसिंह चोक आइपुग्यो । यो चोक ठमेलको सबैभन्दा बढी चहलपहल हुने चोक हो । चोकमा पुग्दा अविर र पानी छ्यापाछ्याप गरिरहेका रहेछन् । जहाँ नेपाली र विदेशीहरुको उपस्थिति उस्ताउस्तै देखिन्थे । ‘ह्याप्पी होली’ टिसर्ट लगाएका विदेशी र नेपालीहरु एक आपसमा सौहार्दपूर्ण वातावरणमा रंग दलिरहेका देखिन्थे । छेऊछाऊमा बसेर हेर्नेहरुको भीड त्यस्तै थियो । हेर्नेलाई मज्जा, खेल्नेलाई मज्जा अनि दृश्य कैद गर्नेहरुलाई पनि मज्जा । नगरकोट दोहोरी साँझ भएको चौंथो तल्लामा गएर फोटो शुट गरें । तल झरें, फोटो खिच्न भिडमा छिर्दा क्यामेरा जोगाउनै गारो । सायदः त्यो चोकमा पुग्ने कोही पनि रंग विनाको चोखो थिएनन् । मेरो मुहार/शरीरमा कुनै रंग नलागेको हुनाले होला, मलाई रंग हान्ने आँट भने कसैले गरेनन् ।

IMG_4651
IMG_4642
ठमेल भित्र सवारी प्रवेश गर्न दिनाले होलीको रौनकतामा कताकता डिष्टर्ब गर्दैै थियो । तर, जोशिएका विदेशीहरु गाडि भित्रै लोला र रंग हाल्दै थिए । उनीहरुको खुशीमा खुशी जोडे सवारीमा रहेकाहरुले पनि । रमाईलो दृश्यत के थियो भने सायदः ठमेलतिर कै कुकुर हुनु पर्छ, त्यही कुकुरलाई पनि मज्जाले होली लाग्यो । लामो समयसम्ममा त कुकुरसँगै रमाइलो गरे विदेशीहरुले ।
IMG_4699
अझै भित्र छिरें म । सधैं उत्तिकै रमाईलो हुने काठमाडौं गेष्ट हाउस चोकतिर । बाटोमा रंग दल्ने र दलिदिनेहरु तछाडमछाड गरिरहेका देखिन्थे । ठमेल घुम्नकै लागि आउने नेपालीहरु विदेशी महिला पात्रदेखेपछि त्यसैत्यसै जोशिएर आउने । शरीरभरी रंग घसिदिन्थे ।
IMG_4682 IMG_4652
ठमेलमा उछृङ्खल गतिविधि नबढोस् भनेर सुरक्षा व्यवस्था समेत कडा पारिएको थियो । नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायतका सुरक्षा निकायको उपस्थिति बाक्लो देखिन्थ्यो ।
IMG_4657
ठमेल पुग्ने सबैलाई होलीले छोएको थियो । समूह बनाएर होली खेल्न पुग्ने, हेर्न पुग्नेको छुट्टाछुट्टै टोली देखिन्थे । नेवारी समुदायले समेत विशेष रुपमा मनाउने होलीकै अवसरमा धिमे बाजाको रौनक फेरि छुट्टै थियो ।
IMG_4687
केही समयपछि काठमाडौं गेष्टहाउस चोक पुगें । सबै आ–आफ्नै धुनमा । कोही रंग र पानीसँग रमाइरहेका छन् । सेल्फि हान्नेहरु सेल्फिमै मस्त ।
IMG_4668 IMG_4678 IMG_4628
कोही दिउँसै होलीसँग चुस्की तान्दै गरेको देखिन्थे त कोही हेर्न मै रमाईरहेका थिए । कोही भने रमाइलो र आफ्नो दायित्व पूरा गर्दै थिए ।
IMG_4647 IMG_4620 IMG_4634
म अझै रंग र पानी वेगरको हालीमा रमाईरहेको छु । यो चोकमा त झनै भीड देखियो । स्थानीय, पर्यटन व्यवसायी, घुमन्ते, पर्यटक सबैको भीड यहीँ देखिन्थ्यो । यो चोक भएर आउने/जानेले मुहारमा रंग नलगाई शुखै थिएन । जबर्जस्त दलिदिन्थे विदेशीले नै । त्यसैमा रमाई रहेका थिए नेपाली/विदेशीहरु । खेल्न नचाहनेहरुपनि यहाँ आएपछि खेलेरै छाड्थे ।

IMG_4632IMG_4680

IMG_4684

म रंग विनाको स्तम्भकार यहीँ चोकमा आएर रंग र पानीमा दलिएँ–लतपतिएँ । पछाडिबाट विदेशीले घाँटीबाट रंग र पानी पूरै शरीर भिज्ने गरि छिराइदिए । पछि उनले भने – ‘ह्याप्पी होली, ह्याप्पी नेपाल’ । मेरो फोटो खिच्ने प्रकृया रोकियो, म पनि रमाउन थालेँ होली मै ।

होलीको किम्वदन्तिः
त्रेतायुगमा हिरण्यकश्यपु नामको दानवका प्रल्हाद नाम गरेका छोरा थिए । उनी भगवान् बिष्णुका भक्त थिए । उनलाई मार्न हिरण्यकस्यपु स्वयंले धेरै प्रयास गरे तर केहीगर्दा पनि नसकेपछि आगोले समेत जलाउन नसक्ने वरदान पाएकी होलिका नाम गरेकी राक्षसनी जो हिरण्यकस्यपुकी बहिनी थिइन, प्रल्हादलाई मार्ने आदेश दिएर पठाए । होलिकाले प्रल्हादलाई काखमा लिएर आगो होमिइन् तर आगोले प्रल्हाद वरु केही भएनन्, होलिका नै जलेर नष्ट भइन् । हिराण्यकश्यपुलाई पनि भगवान विष्णुले पछि नरसिंह अवतार लिएर मारे । यसरी होलिका दहन भएपछि भोलिपल्ट बिहान रङ्ग घोलेर एक अर्कामाथि लगाईदिने चलन छ । यहि पौराणिक घटनाकी होलिका नामककी राक्षसनीको वध भएको दिनको रुपमा होली खेल्ने चलन सुरु भएको किम्वदन्ती रहेको छ ।

तपाईको प्रतिक्रिया