Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो – विविध साँगीतिक प्रस्तुतीहरुका साथ टोकियोमा आइतवार प्रथम संयुक्त ल्होसार कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बिभिन्न जनजाति र समुदायका परम्परागत सँस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।

14नेपाल आदिबासी जनजाति महासंघ जापानले पहिलोपटक जापानमा संयुक्त ल्होसार कार्यक्रमको आयोजना गरेको हो ।

संयुक्त ल्होसार कार्यक्रमको प्रमुख अतिथि जापानका लागि कार्यबाहक राजदूत गेहेन्द्र राजभण्डारी, बिशेष अतिथिहरु प्रा. डा. केशवलाल महर्जन, एनआरएनका एशिया प्यासिफिक संयोजक किरणविक्रम थापा, इभेन्ट पार्टनर निमा नोर्बु शेर्पा र कार्यक्रम सभापति पासाङ शेर्पाले गौतम बुद्धको मुर्तिमा संयुक्तरुपमा खादार्पण गरी उदघाटन गर्नुभएको हो । तामाङ समाज जापानका पूर्व अध्यक्ष सुकमान थिङ तामाङको स्वागत मन्तब्यबाट सुरु भएको सो समारोहमा प्रमुख अतिथि राजभण्डारी, प्रा. डा. महर्जन र एशिया संयोजक थापाको शुभकामना मन्तब्य रहेको थियो भने सभापति शेर्पाले धन्यबाद मन्तब्य राख्नुभएको थियो ।

भूकम्प पीडित तथा प्रभावित बालबालिकाहरुको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित संयुक्त ल्होसार कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

ल्होसारमा लोकप्रिय गायक मिलन लामाले तामाङ सेलो, साके हो साके, जाम के रे जाम के रे यसपाली त नेपाल जाम के रे, छम्म छम्म नाचिदेउ, माझी दाइ पोखरा लगायतका थुप्रै हिट गीतहरु गाएर दर्शकहरुलाई नाच्न बाध्य बनाएका थिए ।

यसैगरी ल्होसारमा नायिका तथा आधुनिक गायिका विष्णु चेम्जोङ लिम्बु, लोकदोहोरी गायिका कोपिला गुरुङ र नेपाल तारा प्रताप लामाको बेजोडको सांगीतिक प्रस्तुतीमा दर्शकहरु झुमेका थिए ।

यसैगरी ल्होसार समारोहमा महासंघले जापानको बिभिन्न क्षेत्रमा बिशेष योगदान पुर्‍याई नेपालको गरिमा उच्च बनाउने ब्यक्तिहरुलाई सम्मान पनि गरेको छ । सम्मानित ब्यक्तित्वहरुमा कार्यबाहक राजदूत राजभण्डारी, प्रा. डा. केशवलाल महर्जन, डा. अजिशेखी भण्डारी, डा. दिनेशनारायण मानन्धर हुनुहुन्छ । यसैगरी कार्यक्रममा आमन्त्रित अतिथि कलाकारहरुलाई पनि खादार्पण गरी सम्मान गरिएको थियो ।

‘उठ, जाग, लम्क हे नवजवान हो…..’ बोलको स्वदेश गानबाट सुरु भएको ल्होसार कार्यक्रममा एकल जनजाति संस्थाहरुले आ-आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै नृत्य प्रस्तुत गरेका थिए ।

ल्होसार समारोहको औपचारिक चरणमा महासंघका उपाध्यक्ष हवलचन्द्र लामाको सञ्चालन रहेको थियो भने साँगीतिक चरणमा शिक्षाशान्ति वाइवा र ओमप्रकाश गुरुङको संयुक्त सञ्चालनमा भएको थियो । ***
12 13 14 16 17
1 2 3 4 5 6 7 8 9 10 11

तपाईको प्रतिक्रिया