Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

भुटानलाई नेपालको ५ गोल

भारत – बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत २३ वर्षमुनि उमेर समूहको पुरुष फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्दै विजयी भएको छ ।

भारतको आसामा राज्यको गुवाहिटीमा आज भएको पहिलो खेलमा नेपालले भुटानलाई ५-० गोलअन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । नेपालको जितमा नवयुग श्रेष्ठले ह्याट्रिक गरे भने विशाल राई ‘बी’ र अञ्जन विष्टले समान एक/एक गोल गरे । श्रेष्ठले खेलको ३३, ७५ र ८५औँ मिनेटमा व्यक्तिगत तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै, राईले खेलको ४४औं मिनेटमा एक गोल थपेका थिए भने नेपालका अर्का खेलाडी विष्टले खेलको ५१औँ मिनेटमा एक गोल गरेका थिए ।

समूह ‘बी’ मा रहेको नेपालको समूहमा बङ्गलादेश र भुटान छन् । यस्तै, समूह ‘ए’ मा भने आयोजक भारत तथा माल्दिभ्स र श्रीलङ्का छन् । प्रत्येक समूहको शीर्ष दुईभित्र पर्ने टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा यही माघ २८ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया