Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

नेपाललाई थप दुई पदक

गुवाहटी – बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) फुटबल प्रतियोगिता अन्तर्गत आज महिला फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।

भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो । नेपालले यसअघि भएको उद्घाटन खेलमा बङ्गलादेशलाई ४–० गोलअन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको थियो । नेपाली टोलीका कप्तान अनु लामाले खेलको पहिलो हाफको ३६औँ मिनेटमा सावित्रा भण्डारीले दिएको पासलाई सदुपयोग गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन् । त्यस्तै नेपालका लागि दोस्रो अग्रता भने नीरु थापाले लिइन् । उनले खेलको ८८औँ मिनेटमा गोल गरेकी थिइन् । नेपालले आफ्नो तेस्रो खेल यही माघ २८ गते आयोजक भारतसँग खेल्नेछ ।
यसैबीच,  भारतको अर्को स्थान सिलाङमा जारी साग खेलकुद अन्तर्गत नेपालले आज थप दुई रजत हात पारेको छ । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता गुरुङले रजत पदक हात पार्न सफल हुनुभएकोे छ । थप दुई रजत पदकसँगै नेपालको पदक सङ्ख्या पाँच पुगेको छ । तिनमा रजत तीन र कास्यपदक दुई छन् । नेपालले शनिबार रजतसहित तीन पदक प्राप्त गरेको थियो ।

तपाईको प्रतिक्रिया