Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

नुवाकोट – काठमाडौँबाट त्रिशूलीतर्फ आउँदै गरेको बा१ज ७५८३ नंको माइक्रोवस पासाङल्हामु राजमार्गको मदानपुर–८ केउरिनीमा शनिबार दिउँसो दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।
क्षमताभन्दा बढी यात्रु सवार माइक्रोबस सडकदेखि २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक बेलकोट–२ घर भएका २२ वर्षीय दामोदर कँडेलको सनाखत भएको छ ।
दुर्घटनास्थलमा त्रिशूली सैन्य तालिम केन्द्रमा तालिम लिइरहेका सैनिक रिक्रुट सन्तोष बोगटी, ईश्वर कार्की, यशोदा कार्की र रामेछापकी लक्ष्मी श्रेष्ठको परिचयपत्र फेला परेपछि उनीहरू मृतक हुन् या घाइते खुलिनसकेको नुवाकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहले बताउनुभयो ।
तेइसजना यात्रु बोकेर नुवाकोटको त्रिशूली आउँदै गरेको माइक्रोबसमा अधिकांश नेपाली सेनामा तालिमरत सिपाहीहरू रहेको बताइएको छ । शुक्रबार बिदामा आएर शनिबार फर्कने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् । दुर्घटनामा छजना शैन्य तालिम केन्द्र त्रिशूलीमा तालिम लिँदै गरेका र बाँकी सर्वसाधारण रहेको प्रहरीले जनाएको छ ।
नेपाली सेनाको सैन्य तालिम केन्द्र मैथलीले पनि तालिमरत जवानहरू दुर्घटनामा परे पनि मृतकहरू को को हुन् भन्ने बारेमा भन्न नसकिने प्रतिक्रिया दिएको छ । तालिम केन्द्रका मेजर अर्जुन थापाले मृतक र घाइतेहरूको पहिचानका लागि प्रयास भइरहेको बताउँदै पूर्ण विवरण दिन नसकिने प्रतिक्रिया दिनुभयो ।
दुर्घटनास्थलमा आठजना र तीनजनाको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । घाइतेहरू पाँचजनालाई हेलिकप्टरबाट राजधानीमा उपचार गर्न लगिएको छ । दशजना घाइतेलाई बसबाट राजधानी लगिएको छ । घाइतेहरूको ट्रमा सेन्टर र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया