Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ– शुक्रबार राति १०ः०५ बजे सिन्धुपाल्चोक हेलम्बु तार्केघ्याङ आसपास केन्द्रबिन्दु भएर गएको ५.५ रिक्टर स्केलको परकम्पका कारण काठमाडौँ उपत्यकामा ७१ जना घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको, १९ जना उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत रहेको र भौतिक क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।
काठमाडौँमा ६०, भक्तपुर र ललितपुरमा ११ जना घाइते भएकामा ४१ पुरुष र १९ महिला छन् । “घाइतेको हात खुट्टामा बढी चोट लागेको छ, घाइते हुनेमा कुनै पनि विदेशी नागरिक छैनन”– प्रवक्ता पोखरेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया