Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ– नेपाल सरकारका प्रवक्ता शेरधन राईले अघोषित नाकाबन्दी औपचारिक रुपमै चाँडै अन्त्य हुने बताउनुभएको छ ।

भोजपुरे सेवा समाज, काठमाडौँको आठौं विशेष साधारणसभाको काठमाडौमा उद्घाटन गर्दै उहाँले प्रमुख नाका वीरगन्जमा भएको अवरोध शुक्रबार हटेकोप्रति सङ्केत गर्दै भन्नुभयो,“औपचारिक रुपमा नाकाबन्दी हटेको घोषणा नभए पनि शुक्रबारदेखि वीरगन्जको मुख्य नाका खुलेको छ, अब चाँडै नाका पूर्ण रुपमा खुलेको सन्देश आउँछ ।”

प्रवक्ता राईले संविधान निर्माण जस्तो मुख्य काम पूरा भएर देश सामान्य अवस्थामा जाँदै स्थिर रहेकाले अब मुलुकले आर्थिक विकासको गति लिने बताउनुभयो । संविधानले सबै जाति, धर्म, क्षेत्र र समुदायका जनतालाई समान ढङ्गले सम्बोधन गरेको बताउँदै उहाँले भन्नुभयो, “संविधानले सबैलाई न्याय गर्ने प्रयास गरेको छ, कसैलाई अन्याय भएको महसुस भएमा संशोधन गर्ने ठाउँ छ ।”
र्वसाधारणको सहयोगमा वीरगन्ज नाका खुलेपछि शनिबार नेपालका लागि इन्धन आयात गर्न रक्सौल जाँदै गरेका नेपाली ट्याङ्कर । तस्बिरः बिजय कुमार महतो, पर्सा

तपाईको प्रतिक्रिया