Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ– नेपालस्थित बङ्गलादेश दूतावासको सेल्फ फाइनान्स योजनाअन्तर्गत बङ्गलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न जानेबारे उत्पन्न विवादलाई जतिसक्दो चाँडो समाधान गर्नुपर्ने माग गरिएको छ ।

बङ्गलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न जाने तयारीमा रहेका विद्यार्थीले शनिबार काठमाडौमा पत्रकार सम्मेलन गरी चार÷पाँच जना विद्यार्थीको प्रमाणपत्र नक्कली भएको विषयमा सुरू गरिएको छानबिनमा ढिलाइ भएको र त्यसले गर्दा आफूहरूको पढाइमा समेत अवरोध सिर्जना हुने भन्दै चिन्ता व्यक्त गरे ।

शेरे बङ्गला मेडिकल कलेजमा एमबिबिएसमा अध्ययनका लागि छनोट भएकी विद्यार्थी सुदीक्षा आचार्यले विवादबारे तत्काल टुङ्गो नलागेमा आफूले यस शैक्षिकसत्रदेखि अध्ययन गर्न नपाउने स्थिति उत्पन्न भएको भन्दै गुनासो गर्नुभयो ।

यही माघ २८ सम्ममा आफूहरुले भर्ना गर्नुपर्नेमा शिक्षामन्त्रालयले एक महिनादेखि छानबिनका नाममा प्रक्रिया लम्ब्याउने काम गरेको भन्दै जतिसक्दो चाँडो टुङ्गो लगाउन विद्यार्थीले शिक्षामन्त्रीसँग आग्रह गरेका हुन् ।

सम्बन्धित व्यक्तिको मात्र छानबिन गर्नुको सट्टा मन्त्रालयले आफूहरूमाथि पनि छानबिन गरेर दुःख दिने गरेको विद्यार्थीको भनाइ छ । विद्यार्थी विभुषा उप्रेतिले जतिसक्दो चाँडो समस्या समाधान गरेर अध्ययनको वातावरण बनाउन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया