Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

पर्वत– पर्वतको सल्यानस्थित एउटै वडाका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनि करोडौं गाउँमा भित्र्याउने गरेका छन् ।

पूर्वी मोहडामा समतल फैलिएको करिब एकहजार रोपनी खेतमा यहाँका करिब ३०० घरपरिवारले मौसमी तथा बेमौसमी तरकारीखेतीबाट वार्षिक पाँच करोडको आम्दानी गर्न सफल भएका छन् ।

बीसवर्ष अघिदेखि धौलागिरिमै पहिलोपटक व्यावसायिक रुपमा बेमौसमी तरकारीखेती सुरु गरेका यहाँका किसानले उत्पादन गरेको तरकारीले बाग्लुङ, म्याग्दी र पर्वत सदरमुकामको माग धानेको छ ।

तराई बन्द र भारतीय नाकाबन्दीको असरले मुलुकका विभिन्न जिल्लामा तरकारीको मूल्य आकासिएका बेला यहाँको उत्पादनले यी तिनै जिल्लामा तरकारीको मूल्य बढ्नुको सट्टा घटेको छ ।

‘हाम्रो उत्पादन काठमाडौँसम्म पुग्थ्यो, स्थानीय अगुवा किसान नरबहादुर केसीले भन्नुभयो, ‘अहिले सहज ढुवानी नहुँदा यहीको बजारमा सस्तो बेच्नुपरेको छ ।’ पोखरा नारायणगढ, काठमाडौंलगायतमा अहिले गोलभेंडाको मूल्य ६० भन्दामाथि भएर पनि आफूहरुले ३० मा बिक्री गर्नुपरेको उहाँले बताउनुभयो ।

केसीले तरकारीबाट मात्रै वार्षिक १५ लाखदेखि १८ लाखसम्म आम्दानी गर्नुहुन्छ । सहज सवारी चल्दा यहाँका किसानले धौलागिरी बाहिरका जिल्लामा राम्रो मूल्य पाउँदा उतै निर्यात गर्दै आइरहेका थिए ।

तपाईको प्रतिक्रिया