Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – ग्यास विक्रेताले उद्योगीले पसलसम्म ग्यास ढुवानी गरिदिनुपर्ने माग गरेका छन् । उनीहरूले पसलसम्म ग्यास नआए उद्योगसम्म पुगेर नल्याउने र बिक्री नगर्ने जनाएका छन् ।

ग्यास विक्रेता महासंघका कार्यवाहक अध्यक्ष अर्जुनप्रसाद देवकोटाले उद्योगसम्म पुगेर ग्यास ल्याउँदा महँगो लागतमा उपभोक्तालाई बिक्री गर्नुपरेको र प्रशासनले डिलरलाई कालोबजारीको आरोपमा दुःख दिन थालेको बताउनुभयो । उहाँले त्यसैले सरकारले तोकेको मूल्य भन्दा बढीमा ग्यास विक्रि गर्नुपरेको समेत बताउनुभयो ।
सामान्य अवस्थामा उद्योग आफैँले डिलरसम्म ग्यास ल्याइदिनुपर्छ । उद्योगदेखि डिलरसम्मको ढुवानी लागत निगमले उद्योगीलाई भुक्तानी गर्दै आएको छ । ‘उद्योगबाट डिलरसम्म ग्यास ल्याइदिने वातावरण बनाउन उद्योगी, आयल निगम र आपूर्ति मन्त्रालयलाई पटक–पटक आग्रह गर्दै आएका छौँ,’ अध्यक्ष देवकोटाले भन्नुभयो । ‘तर, हाम्रो मागको सुनुवाइ भएको छैन र डिलरले आफ्नै खर्च व्यहोरेर ग्यास ल्याउनुपरेको छ ।’ उहाँले उद्योगबाट डिलरसम्म ग्यास ल्याउँदाको खर्च उपभोक्ता मूल्यमा जोडिँदै आएको बताउनुभयो ।

धादिङमा रहेका उद्योगबाट काठमाडौंका डिलरले ग्यास ओसार्दा प्रतिसिलिन्डर सय रुपैयाँसम्म ढुवानी भाडा तिर्नुपरेको उहाँले जानकारी दिनुभयो । ‘महँगो ढुवानी भाडासहित मुनाफा जोडेर ग्यास बिक्री गर्दा डिलरले तोकेभन्दा बढी मूल्यमा बिक्री गर्‍यो भन्दै प्रशासनले दुःख दिन थालेको छ,’ उहाँले भन्नुभयो ‘त्यसैले उद्योगले नै डिलरसम्म ग्यास ल्याइदिनुपर्छ भनेका हौँ ।’

सरकारले आधा परिमाण ७.१ किलो ग्यास भएको सिलिन्डरको मूल्य ७ सय रुपैयाँ तोकेको छ । तर, विक्रेता आफैले ढुवानी गरेर ग्यास ल्याएको भन्दै प्रतिसिलिन्डर कम्तीमा ८ सय देखि एक हजार रुपैयाँमा उपभोक्तालाई बिक्री गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया