Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

पोखरा – नयाँ बसलाई रुट अनुमति दिएको विरोधमा व्यवसायीहरुले बिरोध जनाउदै शनिबार बिहानबाट पोेखरामा सवारी साधन चल्न दिएका छैनन् । पोखरा नगर बसले शनिबार बिहानैबाट चोक चोकमा सवारीसाधन तेर्साएर यातायात अवरोध गरिरहेको छ ।
नगरका मुख्य चोकमा यसरी बस तेर्साएर राखिएपछि सर्वसाधारण मर्कामा परेका छन् । विन्ध्यबासिनी यातायात बस व्यवसायी समितिले ३ वर्षदेखि संचालनका लागि इजाजत पत्र लिएकोमा यातायात व्यवस्था कार्यालयले आधिकारिक रुपमा सेवा संचालनको अनुमति दिएको थियो । सोहीअनुरुप उक्त समितिले शुक्रबारदेखि बस संचालनमा ल्याएको हो ।
नयाँ बस संचालनको अनुमति दिएको भन्दै पोखरा नगर बस संचालक समितिले यसरी विभिन्न ठाउँमा विरोधस्वरुप अबरोध पुर्‍याएको हो । पोखरा नगर बस संचालक समिति आबद्ध व्यक्तिले विन्ध्यबासिनी यातायातका गाडीसमेत शुक्रबार फुटाएका थिए ।
पृथ्बीचोकमा ग १ ख ५९७३ नम्बरको बसको सिसा फुटाइएको छ । बस सञ्चालनमा अबरोध गर्ने चार जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । ३ जना वडा प्रहरी कार्यालय बैदाम र १ लाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया