Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

इलाम – इलाम नगरपालिका–७ महभिरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रक क्लाइम्बिङसहित रक गार्डन र बाल उद्यान निर्माण सुरू गरिएको छ । महभिरस्थित प्रगति युवा समाजले रक क्लाइम्बिङका लागि सम्भाव्यता अध्ययन सम्पन्न गरेर निर्माण सुरू गरेको हो ।
मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिबाट रु १० लाख विनियोजन गरी रक क्लाइम्बिङ, रक गार्डन र बाल उद्यानको काम सुरू गरिएको समाजका अध्यक्ष उमेश महतले बताउनुभयो । यसका लागि इलाम सदरमुकामस्थित कालीध्वज गणका गणपति प्रकाश लामिछानेले पनि पर्यटकीय पूर्वाधार निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउने बताउनुभयो ।
मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिमार्फत सम्भाव्यता अध्ययन गरी पर्यटकीयस्थलको रूपमा छनोट सम्पन्न गरेर प्रगति युवा समाजलाई जिम्मा दिइएको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताउनुभयो । जिल्लामा यस्ता धेरै स्थान भए पनि महभिर जतिको उपयुक्त स्थान कही फेला नपारिएको समाजले जनाएको छ । महभिर सदरमुकामबाट करिब एक घन्टाको पैदल दूरीमा पर्दछ ।

तपाईको प्रतिक्रिया