Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – नेपाली काँग्रेसको १३औँ महाधिवेशनअन्तर्गत शुक्रबार साँझसम्म ५३ जिल्लाका १९० निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भए पनि मत परिणाम भने शनिबार साँझसम्ममात्रै प्राप्त हुने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । सम्पन्न भएका अधिवेशनले क्षेत्रीय कार्यसमिति प्रतिनिधि र महाधिवेशन प्रतिनिधि चयन गर्ने केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
बाँकी रहेका निर्वाचन क्षेत्रमा भने यही माघ २५ गतेसम्म जिल्ला र क्षेत्रीय महाधिवेशन सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । एउटामात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा भने शनिबार र आइतबारसम्म महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्वको चयन हुने कार्यतालिका रहेको छ ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीका अनुसार एक निर्वाचन क्षेत्र भएका जिल्ला र प्राविधिक कठिनाइले स्थानीय तहको निर्वाचन हुन बाँकी लगभग २० निर्वाचन क्षेत्रमा भने यही माघ २५ गते निर्वाचन हुनेछ । एक निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन एकै दिन हुन्छ ।
बारा र एक निर्वाचन क्षेत्र भएका जिल्लाबाहेक जिल्लाका करिब २२० निर्वाचन क्षेत्रमा शुक्रबार क्षेत्रीय र महाधिवशेन प्रतिनिधिको निर्वाचन हुने कार्यक्रम रहेको भए पनि केही स्थानमा प्राविधिक कारण शनिबारका लागि सरेको बताइएको छ ।
शुक्रबारको निर्वाचनमा सम्बन्धित क्षेत्रका नगर वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा गाउँ कार्य समिति, नगर वडा र नगर कार्यसमितिका सभापति, सो क्षेत्रका सांसद एवम् संविधानसभाको पछिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फबाट पार्टीको उम्मेदवार भएको व्यक्ति, सो क्षेत्रमा रहेका पार्टीको केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यले भाग लिनुभएको थियो ।
यही माघ १५ गते गाउँ, नगर वडा र नगरको अधिवेशन गरेको काँग्रेसले जिल्ला अधिवेशन भने माघ २५ गते गर्ने तालिका यसअघि नै सार्वजनिक गरेको छ । काँग्रेसको १३औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ । पार्टीको विधानअनुसार क्षेत्रीय अधिवेशनमा प्रत्येक निर्वाचन क्षेत्रबाट एक सभापति, एक सचिव र एक कोषाध्यक्ष तथा नौ सदस्य निर्वाचित हुनेछन् ।
त्यस्तै क्षेत्रीय अधिवेशनले आफ्ना सदस्यमध्येबाट महाधिवेशनका लागि कम्तीमा दुई महिला, एक दलित, एक आदिवासी÷जनजाति, एक मधेसी वा मुस्लिम वा अल्पसङ्ख्यकसहित ११ जना प्रतिनिधिको चयन गर्नेछ । क्षेत्रीय सभापति पदेन महाधिवेशन प्रतिनिधि रहने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया