Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

दमौली – आर्थिक वर्ष २०७१/०७२ मा तनहुँ जिल्लाभित्र रहेका १२ वटा मदरसा बन्द भएका छन् । दोहोरो विद्यार्थी भएकाले ती विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ । बिहान मदरसामा पनि त्यही विद्यार्थी र दिउँसो सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी पनि त्यही भएपछि मदरसा बन्द गरिएको हो ।
धार्मिक विद्यालयका नाममा सञ्चालित व्यास–११ को मुनस्टार, श्याम्घा गाविसको इस्लामिक, नुरानी उर्दु अरबी, किहुँको इम्दादिया र विस मिल्ला दारुल उलुम मदरसा बन्द गरिएको सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम देवकोटाले बताउनुभयो ।
त्यस्तै किहुँ गाविसको दारुल उलुम र इस्लामिक उर्दु अरेबी, दुलेगौडाको गुल्सन ए वरकात, सतिश्वाँरा गाविसको खोदावक्स इस्लामिक, थप्रेकको दारुल आलुम, भिमाद गाविसको गौशिया अर्लव कार्तिमा र सतिस्वाँरा गाविसकै इस्लाहुल मुस्लेमिन हनाफिया मदरसा बन्द गरिएको छ ।
विद्यालय बन्द भएसँगै प्रत्येक मदरसामा जाने रु एक लाख ६८ हजार अनुदानसमेत रोक्का भएको जानकारी सहायक जिशिअ देवकोटाले दिनुभयो ।

तपाईको प्रतिक्रिया