Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देश विकासको कुरा गर्दा केही विद्वान उखान–टुक्केको आरोप लगाएको बताउनुभएको छ । प्रेस चौतारी नेपालको १८ औं स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले आफूले कहिल्यै उखान टुक्का जोडेर भाषण नगरेको दावी गर्नु भयो । उहाँले त्यस्तो कही भए देखाउँन चुनौती दिनुभयो ।
सुस्त गतिमा रहेको विकासलाई तीव्रता दिन र आर्थिक विकासको योजना पस्कँदा आफूलाई ठट्टामा उडाइएको उहाँको भनाइ छ । काठमाडौमा इलेक्ट्रिक बस चलाउने, पाइपलाइनबाट ग्यास वितरण गर्ने, हावाबाट बिजुली निकाल्ने र एक वर्षभित्र मुलुकलाई लोडसेडिङ मुक्त गर्ने आफ्नो योजना कसैले नबुझेको, कोही बुझेर झस्केको र कोही भ्रममा परेको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसैलाई झड्का लागेको छ, कोहीले बुझ्नै सकेनन, कोही भ्रममा छन ।’
सरकारले देश विकास गर्छु भन्दा केही व्यक्तिलाई सही नसक्नु भएको टिप्पणी उहाँको भनाइ छ । ‘मैले कृषिमा आधुनिकीकरण गर्छु भन्दा पनि केही विद्वान मित्रहरुले गजबैसँग उखान टुक्का भन्यो । उखान टुक्कामा त माहिरै रहेछ भनेको पनि सुनियो’, प्रधानमन्त्रीले भने, ‘विद्वान मित्रहरुलाई आग्रह गर्न चाहन्छु मैले बोलेका कुरामा एउटा पनि उखान टुक्का फेला पर्नुभयो भने मलाई देखाइदिनुस् ।’

तपाईको प्रतिक्रिया