Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं । बंगलादेशसँग ६ विकेटको पराजय व्यहोर्दा यु–१९ नेपाली टोलीको सेमिफाइनल यात्रा तय गर्ने सपना अधुरै भएको छ । नेपाल बंगलादेशसँग क्वाटरफाइनलमा पराजित भएपछि नेपाली टोलीको सपना चकनाचुर भएको हो ।
नौ विकेटको क्षतिमा २११ रन बनाएर बंगलादेशलाई ११२ रनको विजय लक्ष्य नेपालले दिएको थियो । नेपालले अन्तिम १० ओभरमा आफ्नो लय गुमाउँदा पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्ने मौका गुमाएको छ ।
२१२ रनको लक्ष्य पछ्याएको बंगलादेशलाई नेपाली बलरहरुले सुरुवाटै दबावमा राखेको थियो । तर, जाकिर र महेदी हसनले शतकीय साझेदारी गर्दै बंगलादेशलाई पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुर्‍याएका छन् ।
हसनद्वयको उत्कृष्ट प्रदर्शनको मदतमा बंगलादेशले ४८.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । जाकिर ७५ र मेहदी ५५ रनमा अविजित रहे ।
नेपालको पारिमा कप्तान राजु रिजालले सर्बाधिक ७२ रन जोडेका थिए । ८० बल खेलेर रिजालले ८ चौका र १ छक्का प्रहार गरे ।
नेपालका लागि ओपनर सुनिल धमलाले २५ रन बनाए । ६५ रनमा चार विकेट गुमाएको नेपालको पारी सुनिल र कप्तान रिजालले संहालेका थिए । उनीहरुले पाँचौं विकेटका लागि ५१ रनको अर्धशतकीय साझेदारी गरेपछि नेपाल सम्मानित योगफलतर्फ उन्मुख भएको थियो ।
उपकप्तान आरिफ शेखले २१, दिपेन्द्र ऐरीले २२ रन बनाए । नोवौं नम्बरमा व्याटिङ गर्न आएका प्रेम तामाङले इनिङको अन्त्यतिर केहि सटहरु खेल्दै अविजित २२ रनको योगदान दिएका थिए ।

तपाईको प्रतिक्रिया