Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १२ को भूकम्पबाट भत्किएका संरचनाहरुको नवनिर्माण तथा पुनःनिर्माण कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल व्यवस्थापन सङ्घको ३५ औं वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटनपछि शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै राष्टपतिले सर्वसाधारण नागरिकका घर, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, शैक्षिक तथा प्राज्ञिक क्षेत्रका संरचनाहरु र महत्वपूर्ण प्रशासनिक भवनको निर्माण छिटो गर्नुपर्ने बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “मुलुकमा पुनःनिर्माण र नवनिर्माणको महाअभियानको थालनी भएसकेको अवस्थामा यसलाई सफल पार्नु सबैको दायित्व हो, त्यसका लागि राष्ट्रिय मेलमिलाप र एकताको खाँचो पर्दछ ।”

कुशल व्यवस्थापनबाट नै सीमित स्रोत साधनको परिचालन गरी निर्धारित अवधिमा सामाजिक विकास तथा आर्थिक रुपान्तरण गर्न सकिने भएकाले आधुनिक व्यवस्थापनको अवधारणालाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।

तपाईको प्रतिक्रिया