Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– मधेसी मोर्चाले वीरगञ्जको मितेरी पुलमा टाँगेको टेन्ट स्थानीय र व्यापारीहरुले जलाइदिएपछि वीरगञ्ज नाका शुक्रबार खुलेको छ । नाका खुलेको खबर पाएलगत्तै मधेसी मोर्चाका कार्यकर्ताहरु पुनः नाकाबन्द गर्न गए पनि सफल भएको छैन ।

१३५ दिनदेखि अवरुद्ध नेपालको आयात निर्यातको यस नाका भएर रक्सौलबाट ट्रक तथा कन्टेनरहरु आउँन थालेका छन् ।
असोज ७ गतेदेखि मधेसी मोर्चाको धर्नाले अबरुद्ध नाकाबाट १३५ दिनपछि कन्टेनर नेपाल प्रवेश गरेका हुन् । नाका खुलेको घण्टा नबित्दै एक दर्जन कन्टेनर छिरेका छन् ।

नाकाबन्दी अन्त्य गर्नुपर्ने माग बढिरहेको र मोर्चाका नेताहरुले नै वीरगन्ज नाका खोल्नुपर्ने बताइरहेका बेला पाल जलाइएको हो । पुलमा स्थानीय र प्रहरीको उपस्थिति बाक्लो थियो भने साना सवारी साधान र रिक्सा आवत जावत सुरु भएको थियो ।
वीरगन्जपट्टी इनर्वा र छपकैयाका व्यापारी तथा रक्सौलका व्यापारी मिलेर ढाट र पाल हटाएका हुन् ।

तपाईको प्रतिक्रिया