Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

भद्रपुर – झापा जिल्लामा हालसम्ममा जम्मा सात हजार ६५० जना कुष्ठरोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

सोमध्ये सातहजार १४० जनालाई कुष्ठरोगको औषधि खुवाइएको छ । कार्यालयबाट प्राप्त जानकारी अनुसार गएको आर्थिक वर्षमा १९६ जना नयाँ कुष्ठरोगी फेला परेका थिए भने सो अवधिमा ३६७ बिरामीको दर्ता भएको थियो । कुष्ठरोगबाट झापाको दक्षिणी क्षेत्र बढी प्रभावित भएको बताइएको छ ।

यसैगरी, झापा जिल्लामा हाल ९७२ जना अर्बुदरोगी रहेको सोही कार्यालयले जनाएको छ । यो विसं २०६६ देखि २०७३ माघ १४ गते सम्मको तथ्याङ्क हो । रासस

तपाईको प्रतिक्रिया