Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

जापान – नेपाली हास्य कथानक चलचित्र वडा नं. ६ को विशेष प्रदर्शनी जापानको सिजुओकामा हुने भएको छ । ‘हाम्रा लागि हामी’ नै भन्ने उदघोष सहित सिजुओका बसोबास गर्ने नेपालीका लागि आपत्कलिन राहात कोष स्थापनार्थ चलचित्र प्रदर्शनी गर्न लागिएको आयोजक समितिले जनाएका छन् । नेप्लिज इन सिजुओकाको आयोजनामा आगामी फेब्रुअरी २१ तारिखका दिन चलचित्र प्रदर्शनी हुनेछ । स्थानीय सिजुओका सीसिमिन बुन्खा खाइखानमा साझ ५ बजे चलचित्र प्रदशनी गरिने भएको हो ।
पछिल्लो समय जापानको सिजुओकामा बिभिन्न भिसामा आएर बसोबास गर्ने नेपालीहरुको संख्या बढेसंगै देखिएका समस्याको समाधान गर्न तथा सम्पूर्ण नेपालीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गर्न लागिएको आपतकालीन राहत कोष निर्माणका लागि चलचित्रको विशेष प्रदर्शनी गर्न लागिएको सिजुओका कोअर्डिनेटर रेशम डंगोलले जानकारी दिनुभयो ।
चलचित्र प्रदर्शनीबाट हुने आम्दानीले राहत कोष स्थापना गर्ने र आगामी दिन मा थप कार्यक्रम गरि कोष बलियो बनाउदै बताइएको छ ।

तपाईको प्रतिक्रिया