Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

इनरुवा – सुनसरीका १२ वटा गाविस बर्डफ्लुको उच्च जोखिममा रहेको जिल्ला पशुसेवा कार्यालय सुनसरीले जनाएको छ । खुल्ला सीमा नाकाका कारण १२ गाविस बर्डफ्लुको उच्च जोखिम रहेको बताएइको छ ।
सदरमुकाम इनरुवामा सम्पन्न चोरीपैठारी नियन्त्रण कार्यक्रममा कार्यालय प्रमुख शिवनाथ महतोले सुनसरीका सीमा क्षेत्रसँग जोडिएका १२ वटा गाविसमा बर्डफ्लुको खतरा नरहे अन्य गाविसमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो । खुल्ला सीमा नाकाका कारण भारतीय बजारबाट बिनापरीक्षण भित्रिने कुखुराबाट सङ्क्रमण फैलन सक्ने खतरा रहेको बताउँदै महतोले तत्काल भने जिल्लामा बर्डफ्लुको कुनै खतरा नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले कुखुराबाट सङ्क्रमण फैलन सक्ने खतरा रहेको कारण सीमा नाकामा निगरानी बढाउन सीमा क्षेत्रका सुरक्षा निकायसँग आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया