Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य घट्दै आए पनि सो अनुसार आन्तरिक रुपमा मूल्य समायोजन नभएको भन्दै आपूर्ति मन्त्रालय मार्फत नेपाल आयल निगमलाई निर्देशन दिइएको हो ।
निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य क्रमशः घट्दै गए पनि सो अनुसार मूल्य समायोजन गरेको छैन । यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पनि तत्काल सार्वजनिक सवारी साधनको भाडा घटाउन पत्र मार्फत निर्देशन दिइएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिनुभयो ।
उपभोक्तावादी सङ्घसंस्था तथा विभिन्न विद्यार्थी सङ्गठनले इन्धनको मूल्य समायोजन गर्न तथा सार्वजनिक सवारी साधनको भाडा घटाउन आग्रह गर्दै आएका छन् । निगमले प्रत्येक महिनाको १ र १५ गते इन्डियन आयल कर्पोरेसनले पठाउने मूल्यसूचीका आधारमा इन्धनको स्थानीय मूल्य तोक्ने गरेको छ । हाल अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य ३० अमेरिकी डलरको हाराहारीमा छ ।

तपाईको प्रतिक्रिया