Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– विगत पाँच महिनाभन्दा बढी समयदेखि तराईमा आमहड्ताल र नाकाबन्दीमा ओर्लिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यी दुई घातक आन्दोलनका कार्यक्रम फिर्ता लिने संकेत गरेका छन् ।
मधेसी मोर्चा आफैले कार्यदललाई ब्यूँताउँन मधेसी मोर्चा तयार हुनुले त्यसैको संकेत गरेको हो । कार्यदलस्तरमा सीमांकनका विषयमा कुनै लिखित सहमति हुने र समयावधि तोकेर मधेसी मोर्चाले नाकाबन्दी र आमहड्ताल फिर्ता लिने तयारी सुरु गरेको छ ।
मोर्चाका शीर्ष नेतृत्वतहमा पनि नाकाबन्दी खोल्ने विषयमै अझै एकमत भइनसकेपनि आन्दोलनको स्वरुप परिवर्तन गर्ने विषयमा भने सबै नेताहरू एकमत भएका छन् । नाकाबन्दी समयावधी तोकेर फिर्ता लिएपनि आन्दोलनलाई भने कुनै न कुनै रुपमा जारी नै राख्ने तयारी गरिएको छ ।
मधेसी मोर्चाले केही समय बिराम लिएर दुवै कार्यक्रम फिर्ता लिने तयारी गरेको एक नेताले बताए । आन्दोलनको कुनै न कुनै स्वरुप बाँकी राख्ने तर मधेसी नै नाकाबन्दी र हड्तालका कारण बढी पीडित भएको भन्दै नयाँ स्वरुपमा जाने तयारी भएको हो ।
माघ २२–२३ गतेभित्रमा कार्यदलस्तरमा सहमति जुटाउने आन्तरिक तयारी भइरहेको छ । त्यो सफल भएमा मधेसी मोर्चाले नयाँ स्वरुपको आन्दोलन घोषणा गर्न सक्छ । भारतको इशारा भन्दा बाहिर गएर कुनै पनि क्रियाकलप नगरिरहेको मधेसी मोर्चाले भारतकै इशाराअनुसार नाकाबन्दी खोल्ने तयारी गरेको हो । मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगञ्ज नाका अब तुरुन्तै खोल्नु पर्ने बताउँन थालेका छन् । मधेसको मामिलामा भारतले जे भन्छ त्यही ठीक हुन्छ भन्ने महतोले दिल्लीमा नाकाबन्दी खोल्नु भन्ने सुझाव पाएको राजनीतिक वृत्तमा चर्चा छ । मोर्चाका अन्य नेताहरु भने बार्गेनिङका लागि भए पनि वीरगञ्ज नाका खोल्न नहुने पक्षमा छन् ।
प्रधानमन्त्री केपी ओलीले नाकाबन्दी नखुलेसम्म भारत भ्रमणमै नजाने बताएपछि भारतले मधेसी मोर्चालाई नाका खोल्न दबाब दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया