Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– नेपाल विश्व फुटबल (फिफा) वरीयता क्रममा ८ स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार जारी गरेको ताजा वरीयतामा नेपाल १ सय ८८ औं स्थानमा रहेको छ ।
अघिल्लो महिना भारतमा भएको दक्षिण एशियाली खेलकुदमा श्रीलंका र भारतसँग पराजित भएसँगै नेपाल १ सय ९६ औं स्थानमा झरेको थियो । जुन नेपालको अहिलेसम्मकै सबैभन्दा कमजोर वरीयता प्रदर्शन थियो । तर बंगबन्धु गोल्डकपमा नेपालले उपाधि जित्दै २३ वर्षदेखिको खडेरीलाई पुरेपछि वरीयतामा पनि सुधार गरेको हो ।
बंगलादेशमा नेपालले समूह चरणमा श्रीलंकालाई १–० ले पराजित गरेको थियो भने बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । फिफाले आधिकारिकता प्रदान गरेको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया