Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा इतिहास, बलिदान र उपलब्धि गाँसिएकाले फागुन ७ गतेलाई राष्ट्रिय कार्यक्रम र भव्यताका साथ प्रजातन्त्र दिवस मनाउन आह्वान गर्नुभएको छ ।

छैसठ्ठीऔँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा गृहमन्त्रालयद्वारा बुधबार आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– “विसं २००७ फागुन ७ गतेले हाम्रो उज्वल भविष्यको यात्रा, चाहना र सङ्कल्पलाई पनि प्रतिनिधित्व गरेको छ ।”

नेपालमा अहिलेसम्म राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमध्ये सबैभन्दा ठूलो ऐतिहासिक र युगान्तकारी परिवर्तन २००७ सालमा भएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो– “जहानियाँ सामन्ती निरंकुश राणाशासन युगबाट नेपाललाई आधुनिक युगतर्फ प्रवेश गराउने सबैभन्दा ठूलो ऐतिहासिक मोड त्यहीबाटै सुरु भएको हो, त्यसैले त्यो परिवर्तनलाई ठूलो भन्नुपर्छ ।”

परिर्वतनको प्रवाहमा उभिएर पछिल्ला आन्दोलन भएको स्मरण गराउँदै उहाँले भन्नुभयो– “त्यसबाट राणाशासन त ढाल्न सकिन्छ भने अरु किन सकिँदैन भन्ने जनतामा आत्मविश्वास दियो त्यो सर्वाधिक ठूलो विषय हो ।”

प्रधानमन्त्री ओलीले भन्नुभयो– “प्रजातन्त्र दिवस भनेको हेपिएको दिवस होइन, प्रजाबाट जनतामुक्त भएर सार्वभौम भएको दिन हो, त्यसलाई प्रजातन्त्र दिवस भन्दा कसैको पनि कद घट्दैन, २००७ सालको आन्दोलनले नेपालमा ठूलो परिवर्तन ल्यायो ।

तपाईको प्रतिक्रिया