Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

बैतडी – भारतसँग सीमा जोडिएका नाकाबाट बालबालिकाको ओसारपसार हुनसक्ने भन्दै त्यसलाई नियन्त्रणका लागि जिल्ला बालकल्याण समितिले सीमामा कडाइ थालेको छ । सीमा नाकाबाट बालबालिका बेचबिखनको जोखिम भएकाले त्यसको रोकथामका लागि पहल थालिएको बाल अधिकार अधिकृत केशव ऐरले बताउनुभयो ।
बालअधिकारको संरक्षण तथा सम्वर्दनका लागि सबैलाई जानकारी गराएर बालबालिकाको बेचबिखन रोक्नका लागि प्रयास गरिएको छ । उहाँले भन्नुभयो, “बालबालिकाको हकअधिकारका बारेमा जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको छ ।”
संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धि, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा मानवको बेचबिखन अपराध भएको उल्लेख गरिएको छ । महासन्धि तथा अन्य ऐनमा भएका कुराको कार्यान्वयनका लागि बालबालिकाको बेचबिखनविरुद्धको अभियान थालिएको अधिकृत ऐरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया