Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – नेपाल सरकारले आन्तरिक विषय र गम्भीरतालाई नजरअन्दाज गरी भारतका केही राज्यका नेताका तर्फबाट आएको भनिएको सार्वजनिक वक्तव्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी विभिन्न पत्रपत्रिकामा भारतको विहार राज्यका नेताले नेपालको आन्तरिक मामिलाका विषयमा दिनुभएको भनिएको वक्तव्यप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
नेपालको धरातलीय यथार्थता र दुई देशको आधारभूत चासोविपरीत आएका यस्ता वक्तव्यले दुई मुलुकको समान चासो र भावनालाई टेवा पु¥याउन नसक्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ ‘‘धरातलीय यथार्थविपरीत आएका त्यस्ता धारणाप्रति नेपाल सरकार खेद प्रकट गर्दछ ।’’
तराई मधेसमा आन्दोलनरत सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी तथा सद्भावना पार्टीका नेताहरु – उपेन्द्र यादव, राजेन्द्र महतोलगायतले भारतीय नेता लालुप्रसाद यादवसँग हिजो भेटगरी आफूले जारी राखेको आन्दोलनमा सहयोग गर्न आग्रह गरेको पत्रपत्रिकामा उल्लेख भएको थियो ।
दुई देशबीच रहँदै आएको सुमधुर सम्बन्धलाई कायम राख्न कोही कसैले पनि यस्ता वक्तव्यबाजी नगर्न नेपाल सरकारले आग्रह गरेको छ । द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन सबैको सकारात्मक योगदान र चासो रहनुपर्नेमा पनि परराष्ट्र मन्त्रालयले जोड दिएको छ ।

तपाईको प्रतिक्रिया