Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

पाँचथर– उपप्रधानमन्त्री तथा नेकपा ९माले०का महासचिव सिपी मैनालीले चारवटा विषयबाहेक अन्य सबै विषयमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ ।

पाँचथरको फिदिममा मंगलबार दिउँसो भएको पार्टीका अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले राष्ट्रियता, सार्वभौमिता, अखण्डता र जनतामा निहित राजकीय सत्ताबाहेक अरु विषयलाई प्रक्रियाद्वारा संशोधन गर्न सकिने बताउनुभयो ।

यी विषयमा कुनै पनि हालतमा सम्झौता गर्न नसकिने उहाँले उल्लेख गर्नुभयो । देशमा अहिले देखिएको समस्याको राजनीतिक हलको निम्ति सरकार गम्भीर भएर लागेको र सबै दल पनि लाग्नुपर्ने बताउनुभयो ।

भारतको हेपाहा प्रवृत्तिविरुद्ध आम नेपाली अब चुप लागेर बस्न नहुने भन्दै राष्ट्रिय स्वाधीनताको विषयमा गम्भीर छलफल गर्ने दिन आएको पनि उहाँले बताउनुभयो ।

मुलुकले संविधान पाइसकेकाले अब चाँडै राजनीतिक हल निकालेर समृद्धि र विकासतर्फ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया