Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– संविधान संशोधनपछि मधेसी मोर्चा र प्रमुख तीन दलबीच अवरुद्ध वार्ता सोमबारबाट पुनः सुरु भएको छ ।

लामो गतिरोध अन्त्य गर्दै दुवै पक्ष सोमबार वार्तामा बसेका छन् । वार्तामा प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्षतहका नेताहरु सभागी भएका छन् ।

माघ–७ यता त्रिपक्षीय वार्ता हुन सकेको थिएन । मोर्चालाई सहमतिमा नल्याई सत्तारुढ दल कांग्रेस, एमाले र प्रमुख प्रतिपक्षी कांग्रेस मिलेर माघ–९ मा संविधान संशोधन गरेपछि दुई पक्ष टाढिएका थिए । माघ–४ कार्यदल स्तरको वार्ता विथोलिएपछि माघ–७ मा प्रधानमन्त्रीको अग्रसरतामा बोलाईएको त्रिपक्षीय शीर्ष वार्ता समेत निष्कर्षविहीन भएको थियो ।
संशोधनपछि नाकावन्दी हटने सरकारी अपेक्षा निरर्थक भएपछि फेरि वार्ता थालिएको हो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको सत्तारुढ दल सम्मिलित उच्च स्तरीय राजनीतिक संयन्त्रको आइतबार बसेको बैठकले वार्तालाई बढाउने निर्णय गरेको थियो । त्यस्तै आइतबार नै कांग्रेस सभापति सुशील कोइराला र तमालोप अध्यक्ष महन्थ ठाकुरबीच भएको भेटवार्तामा वार्ता टुटेकै बिन्दुबाट बढाउने विषयमा सहमत भएका थिए ।
सोमबारको वार्तामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमालेका नेता झलनाथ खनाल, कांग्रेस अध्यक्ष सुशील कोइराला र मोर्चाबाट ठाकुर सहितका नेताहरु सहभागी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया