Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – नेपाली कांग्रेसको आसन्न १३ औँ महाधिवेशनका लागि शुरु भएको निर्वाचन प्रक्रिया ७२ जिल्लाका गाउँ नगरमा सम्पन्न भएको छ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले मुलुकभर सबै गाविसमा र नगरपालिकाका वडामा १५ माघका लागि प्रारम्भिक तहको निर्वाचन तालिका तय गरेको भए पनि केही स्थानमा भने निर्वाचन हुन बाँकी छ ।
क्रियाशील सदस्यता विवादले ढिलाइ भएका, पूर्वी तराई र हिमाली जिल्लाका केही गाविसमा बाहेक ७२ जिल्लामा शान्तिपूर्ण रुपमा गाउँ, वडा र नगर अधिवेशनमा सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
निर्वाचन हुन बाँकी तीन जिल्लामा पनि आज निर्वाचन हुदैछ । सोलुखुम्बु र पर्सामा सोमबार निर्वाचन हुदैछ । बारामा भने एकदुई दिनमा निर्वाचन सम्पन्न हुने समिति सदस्य घिमिरेले बताउनुभयो । त्यस्तै सप्तरीको छुटेका गाउँ नगरमा सोमबार नै निर्वाचन हुदैछ ।
मध्यतराईका जिल्लाहरुमा मधेशी मोर्चाले निर्वाचन प्रक्रिया विथोल्ने प्रयास गरे पनि केही अवरोधका बीच पनि निर्वाचन सम्पन्न भएको छ । समितिले सबै तीन हजार १५७ गाविस र २१७ नगरपालिकामा निर्वाचन सम्पन्न गरी २२ माघमा हाल कायम २४० निर्वाचन क्षेत्रमा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन तयारी थालेको उनले जानकारी दिए ।
कांग्रेसमा करिब तीन हजार दुई सय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने बताइएको छ । कांग्रेसका विदेशस्थित २५ जनसम्पर्क समितिको निर्वाचन सम्पन्न भइसकेको समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो ।
कांग्रेसका १३ भ्रातृ तथा १७ शुभेच्छुक संस्थाले पनि केन्द्रीय निर्वाचनमा भाग लिन हैसियत अनुसार महाधिवेशन प्रतिनिधिको अधिकार प्राप्त गरेका छन् ।
क्षेत्रीय निर्वाचनपछि माघ २५ गते ७५ जिल्लामा जिल्ला कार्य समितिका लागि निर्वाचन हुँदैछ । सबै निर्वाचनका लागि समितिले सम्बन्धित क्षेत्रमा निर्वाचन सामग्रीका साथै निर्वाचन अधिकृत समेत पठाइसकेको सचिव पराजुलीले जानकारी दिनुभयो ।
यो अधिवेशन पार्टीको प्रारम्भिक तहको निर्वाचन भए पनि पार्टीको जिल्ला र केन्द्रको नेतृत्व चयनका लागि आवश्यक पर्ने महाधिवेशन प्रतिनिधि चयनमा महत्वपूर्ण मानिन्छ । त्यसैले यतिखेर कांग्रेसमा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ता आआफ्ना पोल्टामा निर्वाचन परिणाम ल्याउन सक्रिय रुपमा लागेका छन् ।
हाल सम्पन्न निर्वाचनको परिणाम हेर्दा कोइराला र देउवा पक्षको बराबरी मत देखिन्छ । हालसम्म सभापति कोइराला, नेता देउवा र उपसभापति रामचन्द्र पौडेल केन्द्रीय सभापतिका लागि दावेदारका रुपमा देखिएका छन् भने महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य सुजाता कोइरालालगायतले पनि आफू सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।
नगरका वडा र गाउँ अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि सहितले क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिको चयन गर्छन् । महाधिवेशन प्रतिनिधिले महासमिति सदस्य र केन्द्रीय कार्यसमितिको चयन गर्ने व्यवस्था विधानमा छ ।
अधिवेशनमा सबै गाविस र नगर वडाबाट करिब एक लाख ४७ हजार क्षेत्रीय प्रतिनिधि तथा स्थानीय समितिका पदाधिकारी÷सदस्य निर्वाचित हुने काँग्रेस समितिका सचिव पराजुलीले जानकारी दिनुभयो ।
पार्टीको केन्द्रीय महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य सङ्ख्या चार लाख ७० हजार ६५५ कायम भएको छ ।

तपाईको प्रतिक्रिया