Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – बंगलादेशमा जारी अण्डर नाइन्टिन बिश्वकप क्रिकेटमा सोमबार नेपालले भारतको सामना गर्दैछ । प्रतियोगिताको क्वार्टनरफाइनलमा प्रवेश गरेका दुवै राष्ट्रका लागि लिग चरणको यो अन्तिम खेल हो ।
सोमबारको खेलले समूह चरणको बिजेताको टुंगो लगाउने छ । नेपाल र भारत दुवैले न्युजिल्याण्ड र आयरल्याण्डलाई हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेका हुन ।
नेपालले आफ्नो पहिलो खेलमा टेस्ट राष्ट्र न्युजिल्याण्डलाई ३२ रनले हराएको थियो । दोस्रो खेलमा भने नेपालले आयरल्याण्डमाथि आठ विकेटको जित हात पारेको थियो । यसैगरी भारतले आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई ७९ रनले र दोस्रो खेलमा न्युजिल्याण्डलाई १२० रनले पराजित गरेको थियो ।
तुलनात्मक रुपमा बलियो र तीन पटकको बिजेता भारतलाई नेपाली टिमले कडा टक्कर दिने अनुमान गरिएको छ । दुवै राष्ट्रबीच यसअघि भएका दुइवटा खेलमा नेपाल पराजित भएको थियो । नेपाल सन २००० को अण्डर नाइन्टिन बिश्वकप र २०१४ को अण्डर नाइन्टिन बिश्वकपमा भारतसंग पराजित भएको थियो । तेस्रोे खेल नेपाली समय अनुसार बिहान पौने नौबजेबाट सुरुहुने भनिएपनि मौसमको खराबीका कारण केही समय सारिएको आयोजकले जनाएका छन् ।

तपाईको प्रतिक्रिया