Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

डोल्पा – डोल्पाको त्रिपुराकोट गाविसस्थित वडा नं ७ र ८ रसीका तिनवटा गाउँ खानेपानीको समस्याले बस्ती नै सर्ने अवस्था देखिएको छ । गाउँमा दुई वर्षयतादेखि प्रयोग गर्दै आएका खानेपानीका धारामा पानी सुक्दै जान थालेपछि रसिका माझगाउँ र डाँडा गाउँका तीनवटा बस्ती उठ्ने सम्भावना देखिएको हो ।
गाउँ नजिकैका पानीका मुहान पनि सुक्न थालेको र टाढाको मुहानबाट पानी ल्याउनका लागि कुनै पनि निकायले सहयोग नगरेपछि बस्ती नै सङ्कटमा परेको स्थानीयवासीले बताए । खानेपानीको सहज उपलब्ध नहुँदा करिब दुईसयको हाराहारीमा रहेका बस्तीका सर्वसाधारण समस्यामा परेका हुन् ।
तीनवटा गाउँका लागि जम्मा तीनवटा धारा छन् त्यसमा पनि मुस्किलले एउटा धारामा पानी आउने गरेकाले घन्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता भएको स्थानीयवासी धन कर्ण बुढाले बताउनुभयो ।
तीन गाउँमध्ये कुनै एक गाउँमा पानी छोड्नलाई अर्को गाउँमा बन्द गर्नुपर्ने बाध्यता रहेको बुढाले बताउनुभयो । पानीको समस्याले गर्दा सरसफाइमा समस्या पर्नुको साथै बस्तुभाउलाई पानी खुवाउनसमेत समस्या परेको छ ।
सरकारले एक घर एक खानेपानीको अवधारणा ल्याए तापनि यहाँ भने पानी पनि अड्कलेर प्रयोग गर्नुपर्ने बाध्यता विद्यमान रहेको उहाँले बताउनुभयो । पानीको अभावमा घर घरमा बनाइएका शौचालयसमेत प्रयोगविहीन भएका छन् ।
वर्षैपिच्छे पानीका मुहान सुक्दै जान थालेपछि कि खानेपानीको व्यवस्था गरिदिन कि त बस्ती नै उठाइदिन स्थानीयवासीले सरकारसँग आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया