Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – रानीपोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण आउँदो तिहारसम्ममा सम्पन्न गरिने भएको छ । मन्दिर भाइटीकाका दिन एकदिन मात्रै सर्वसाधारणका लागि खुला राखिन्छ ।
गत वैशाखमा गएको विकाशकारी भूकम्पबाट बालगोपालेश्वर मन्दिर पूर्ण क्षति भएको थियो । झन्डै ३५० वर्षपछि काठमाडाँै महानगरपालिकाले सो मन्दिरसँगै रानीपोखरीको पुनःनिर्माण गर्न लागेको छ ।
भूकम्पपछिको पुनःनिर्माण महाअभियान सुरु गरिएको ऐतिहासिक स्थल रानीपोखरीमा पुनःनिर्माण कार्य आगामी वैशाखदेखि सुरु गर्न लागिएको छ । निर्माण कार्य सुरु भएको छ महिनामा सम्पूर्ण काम सक्ने महानगरपालिकाको योजना छ ।
पुनःनिर्माणपछि यस मन्दिरको मुहार फेरिने विश्वास महानगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीले व्यक्त गर्नुभयो । महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका लागि बोलपत्रसमेत आह्वान गरिसकेको छ । पुनःनिर्माणका लागि रु १२ करोडको बजेट विनियोजन गरिएको छ ।
माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुगेर पुनःनिर्माण अभियानको थालनी गर्नुभएको थियो । रानीपोखरीको नाममा झन्डै ६० रोपनी जग्गा रहेको छ । पुनःनिर्माणका क्रममा उक्त क्षेत्रमा हरियाली बढाउने र सुन्दरता थप्ने काम हुने महानगरपालिकाले जनाएको छ । साठी रोपनी जग्गामध्ये ४० रोपनी पोखरीले ओगटेको छ ।

पोखरीको हिलो फाल्ने काम ठूलो चुनौतीका रुपमा रहेको महानगरपालिकाले बताएको छ । झन्डै ३५० वर्षपछि पुनःनिर्माण र सौन्दर्यकरण हुन लागेको रानीपोखरीका केही स्थानमा विद्युत् जडान गरी झिलिमिली बनाइने छ ।
महानगरका प्रमुख कार्यकारी रुद्रसिंह तामाङका अनुसार रानीपोखरीले चर्चे जतिका भागको पुनःनिर्माण गरी सुन्दर बनाइने छ । पोखरीको संरक्षणका लागि चारैतिर रेलिङ निर्माण गर्ने, बोटबिरुवा रोप्ने, हरियालीसँगै सङ्गीतमय फोहरा बनाउने र पोखरी अवलोकन गर्ने प्रयोजनका लागि परिक्रमा पथ पनि बनाउने योजना छ ।

तपाईको प्रतिक्रिया