Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

खोटाङ – जिल्लाको उत्तरी गाविस डुम्रेधारापानीका स्थानीयलाई एक गाग्री पानी लिन पाँच घन्टा हिँड्नुपर्ने बाध्यता छ । नजिकमा रहेका धारा तथा कुवा सुकेपछि धारापानीवासी पाँच टाढा रहेको खोलाबाट पानी ल्याउन बाध्य भएका हुन् ।
लामो समयदेखि यस्तो समस्या खेप्दै आउनु परे पनि आफूहरूको समस्या समाधानमा कसैले चासो नदिएको स्थानीयवासीको भनाइ छ । गाविसका २, ७, ८ र ९ नम्बर वडाका उपभोक्ताले दैनिक पाँच घन्टा लगाएर एक गाग्री पानी बोक्ने गरेका छन् ।
हिउँदको समयमा नजिकैका पँधेरा तथा कुवा सुक्ने भएकाले दूधकोसी र रावाखोलाबाट पाँच घन्टा लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको स्थानीय बुद्घिनाथ कोइरालाले बताउनुभयो । “मान्छेका लागि त बोकेर भए पनि उपभोग गरिन्थ्यो ।” उहाँले भन्नुभयो, “पशुचौपायलाई समेत बोकेर खुवाउनुपर्दा झनै समस्या हुने गरेको छ ।”
खानेपानी योजनाका लागि गाविसमा आएको बजेटले व्यवस्था गर्न नपुग्ने भएपछि हरेक वर्ष सडकमा खर्च गरिँदै आइएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने डुम्रेधारापानीमा खानेपानीको व्यवस्था गर्न राष्ट्रियस्तरकै बजेटको आवश्यकता पर्ने जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय खोटाङले जनाएको छ । गाविसमा पर्याप्त खानेपानीको व्यवस्था गर्न पम्पिङ प्रविधि अपनाउनुपर्ने अवस्था रहेको विज्ञ बताउँछन् । गाउँमा खानेपानी नपाएपछि कतिपय स्थानीय बसाइँ सरेर बेँसी झरेका छन् ।

तपाईको प्रतिक्रिया