Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

महोत्तरी – महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ९ स्थित रमौल गाउँमा आइतबारदेखि झण्डा मेला सुरु भएको छ । रमौलाका बासिन्दाको सहयोगमा रु तीन लाखको लागतमा १०५ फिट अग्लो झन्डा निर्माण गरी झन्डा मेला सुरु भएको पं बद्रीनारायण झाले बताउनुभयो ।
मेलामा अत्याधुनिक प्रविधिबाट निर्मित चार घोडा सहितको रथ, रथका सारथीका रुपमा कृष्ण र हनुमानको ठूलो मूर्ति निर्माण गरिएको छ । झन्डा सोही रथमाथि निर्माण गरिएको छ ।
चार दिने मेलालाई थप आकर्षक बनाउन सो स्थानमा २४ घन्टै विभिन्न नाच, तमासा, खेल, झुला र मनोरञ्जनका अन्य व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया