Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – मधेसका मुद्दामा फरक फरक मोर्चा बनाएर आन्दोलनरत मधेस केन्द्रित दलबीच कार्यगत एकता गरेर जाने विषयमा चरणवद्ध छलफल सुरु भएको छ । पछिल्ला दिनहरुमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनबीच महागठबन्धन बनाउने विषयमा गृहकार्य भइरहेको हो । शनिबारबाट कार्यगत एकताको लागि औपचारिक रुपमा गृहकार्य सुरु भएको गठबन्धनका नेताहरुले बताएका छन् ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले एउटै मुद्दामा फरक फरक भएर आन्दोलन भइरेकाले एकीकृत भएर आन्दोलनलाई थप उचाई दिने विषयमा छलफल भएको बताउनुभयो । ‘एउटै महागठबन्धन बनाएर जाने विषयमा हामी तयार भएरै मोर्चा समक्ष औपचारिक प्रस्ताव गरेको बताउनुभयो ।
तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालले आन्दोलनको एउटै कार्यक्रम बनाएर सशक्त ढंगले अगाडि बढ्नुपर्ने दुवै पक्षमा महशुश भएको बताउनुभयो । उहाँले कस्तो सहकार्य वा कार्यगत एकता गर्ने विषयमा थप छलफलहरु पछिमात्र टुंगोमा पुगिने उल्लेख गर्नुभयो ।
गठबन्धनमा आवद्ध फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, रामसपाका केन्द्रीय सदस्य एवं प्रवक्ता केशव झा, संघीय सद्‍भावनाका सुनिल रोहित र तमरा अभियानका देवेश झा कार्यगत एकताको प्रस्ताव लिएर तमलोपा कार्यालय पुगेक थिए ।
यसअघि मोर्चामा आवद्ध सदभावना अध्यक्ष राजेन्द्र महतो र गठबन्धनमा आवध तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताबीच महागठबन्धन बनाउने विषयमा छलफल भएको थियो । दुवै नेता ठाकुर दिल्लीबाट फर्किएपछि त्यसलाई बढाउने विषयमा सहमत भएका थिए ।
मोर्चामा ठाकुर नेतृत्वको तमलोपा, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, महतो नेतृत्वको सदभावना र महेन्द्र यादव नेतृत्वको तमसपा पार्टी आवद्ध छन् । संविधानमा मधेसका मुद्दालाई सम्बोधन नगरिएको भन्दै मोर्चाले साउन ३१ बाट मधेसमा आमहडताल र असोज ६ बाट सीमा नाकामा धर्नाको कार्यक्रम चलाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया