Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

सत्ता साझेदार दलले नै सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाइरहेकाबेला उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसीरहेको छ । बैठक विहान ९ बजेपछि सिंहदरबारमा जारी छ ।
बैठकमा सरकारको कामकारवाही र संविधान संशोधन भएपछि मधेसी मोर्चाले जारी राखेको आन्दोलन, रक्सौल नाका अझै नखुलेको लगायतका विषयमा छलफल हुने बताइएको छ ।
एकीकृत नेकपा माओवादीले सरकारको काम सन्तोषजनक नभएको भन्दै तत्काल संयन्त्रको बैठक बोलाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको थियो । एमाओवादी अध्यक्ष प्रचण्डले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेरै संयन्त्रको बैठक बोलाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले शनिबार दुई नेताबीच भएको छलफलका आधारमा संयन्त्रको बैठक बसेको जानकारी दिए ।
एमाओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा सत्ता साझेदार र सरकार समर्थित दलका नेताहरुको सहभागीतामा संयन्त्र गठन भए पनि लामो समयदेखि बैठक बस्न सकेको थिएन । यसअघि बसेको एमाओवादी स्थायी समिति बैठकले जनताले राहत अनुभूति हुनेगरी सरकारले काम नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया