Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

पाल्पा – पाल्पा जिल्लाको सदरमुकाम तानसेनस्थित बहुउद्देश्यीय पाल्पा दरबार सङ्ग्रहालयले ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सामग्रीको जोहो गर्न थालेको छ । ऐतिहासिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण सरकारी, गैरसरकारी कार्यालय तथा गुठी संस्था र व्यक्तिगत रुपमा रहेको सङ्ग्रहणीय सामग्री जोसुकैले पनि सङ्ग्रहालयमा उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ ।
एक सय वर्ष पुराना पुरातात्विक महत्वपूर्ण सामग्री व्यक्ति, सङ्घ संस्थाले सङ्ग्रहालयमा उपलब्ध गराउन पाल्पा दरबार सङ्ग्रहालयका प्रमुख विष्णु खनालले आग्रह गर्नु भयो ।
बहुउद्देश्यीय सङ्ग्रहालयमा सबै जातजातिको रहनसहन भेषभूषा तथा कला संस्कृति झल्कने सामग्री उपलब्ध गराई सङ्ग्रहालय सञ्चालनमा सहयोग गर्न सकिने छ । सङ्ग्रहालयमा राणाकालीन पाल्पा राज्यको नक्सा र फोटो, कला संस्कृति, रहनसहन तथा सांस्कृतिक सम्पदा, राप्ती र लुम्बिनी अञ्चलभित्रका पुरातात्विक तथा ऐतिहासिक सम्पदाको सङ्ग्रह गरिने छ ।
राणाकालीन समयमा निर्माण भएको पाल्पा दरबार २०६२ माघ १८ गते माओवादी आक्रमणबाट ध्वस्त भएको दरबार पुनःनिर्माण भई सङ्ग्रहालयका रुपमा बदलिएपछि यस दरबार पर्यटक आकर्षणको गन्तव्य बनेको छ ।
२०६४ साल असार ३१ देखि निर्माण कार्य थालेर २०७० साल भदौ २० गते निर्माण काम सम्पन्न भए पनि सङ्ग्रहालय निर्माण भएको दरबारलाई सङ्ग्रहालय बनाउने निर्णय गरेपछि पाल्पा दरबारको महत्व बढेको हो ।

तपाईको प्रतिक्रिया