Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

भीमदत्तनगर– उपप्रधानमन्त्री भीमबहादुर रावलले तराई–पहाडलाई मिल्न नदिने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा आयोजित नेकपा (एमाले) महाकाली अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण भेलाको दोस्रो दिन शनिबार बिहान सम्बोधन गर्दै एमाले उपाध्यक्ष रावलले तराई–पहाडलाई मिल्न नदिएर नेपालीको एकता टुटाउने षड्यन्त्र भइरहेको धारणा राख्नुभयो ।

“धेरै बहस, छलफलबाट संविधान जारी भएको हो”, उहाँले भन्नुभयो–“बहुमतबाट पारितसंविधानलाई जलाउनु भनेको नेपालीको भावना र मनलाई जलाउनु हो ।” संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनका क्रममा भारतीय भूमिबाट आन्दोलनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गर्नु गलत कदम भएको बताउनुभयो ।

“हामीले संविधान जारी गर्दा छिमेकीले नाक खुम्च्याउनुपर्ने किन ?”, नेता रावलले भन्नुभयो–“अब संविधान प्रारम्भिक कार्यान्वयनको चरणमा प्रवेश गरिसक्यो ।” प्रदेश सङ्ख्या थोरै बनाउने चाहना भए पनि सहमतिकै लागि सात प्रदेश घोषणा गरिएको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया