Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ– वागमती सफाइको १४२ औँ हप्तामा बानेश्वर क्याम्पसअघि सफाइ गरी १२ टन फोहर व्यवस्थापन गरिएको छ ।

नेपाल टेलिकमको १२ औँ वार्षिकोत्सवका अवसरमा शनिबार दुई सय कर्मचारी सफाइमा सहभागी थिए । युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत रिन्जे टिरिन्कसहित १० कूटनीतिज्ञको सफाइमा सहभागिता थियो । राजदूत टिरिन्कले सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई सफाइमा आवश्यक पर्ने पन्जा, जुत्ता, मास्क, फोहर खन्ने पिक, उठाउने डोको लगायत सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले पनि सफाइमा आवश्यक पर्ने सामग्री सचिव शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । वाग्मतीको सफाइलाई दिगो बनाउन टेलिकमका तर्फबाट कालमोचन घाटमा शौचालय निर्माण गरिदिने घोषणा प्रबन्ध निर्देशक आचार्यले गर्नुभयो । बागमती किनारको उपयुक्तस्थलमा टेलिकमलाई आकर्षक उद्यान निर्माण गर्न आग्रह गरिएको सचिव शर्माले बताउनुभयो ।

बानेश्वर क्षेत्रको वाग्मतीमा सफाइ गर्दै तल गएर फेरि फर्केर आउँदा स्थानीयवासीले सफा राख्ने अभियानमा ध्यान दिन नसकेको पाइएको अभियानकर्मी एलपी भानु शर्माले जानकारी दिनुभयो । “आजको सफाइपछि बानेश्वरअघिको वाग्मती नजिक बसेर खाना खान सकिने भएको छ”–उहाँले भन्नुभयो ।

आजको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अभियानकर्मीलगायतको सहभागिता थियो । विसं २०७० जेठ ४ गतेदेखि तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा बागमती सफाइ महाअभियान सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया