Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा स्थिरता, शान्ति, विकास, अग्रगमन कायम गर्न सकेमा मात्र सहिदप्रति सच्चा सम्मान र श्रद्धाञ्जलि हुने भएकाले यसतर्फ सबै नेपाली एकताबद्ध भएर लाग्न जरुरी रहेको बताउनुभएको छ । सहिद दिवसका अवसरमा सन्देश दिँदै राष्ट्रपतिले राष्ट्रनिर्माणको महायज्ञमा स्वतःस्फूर्त रूपले समाहित भई ज्ञातअज्ञात सहिदको सपना साकार पार्न कृतसङ्कल्पित बन्न प्रेरित गर्न सकोेस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
“संविधानले सबैको अधिकार सुनिश्चित गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिसकेकाले अब त्यसको सफल र कुशल कार्यान्वयन गरी समृद्धितर्फको यात्रालाई एकता तथा सहमतिसहित अगाडि बढाउनु हामी सबै नेपालीको साझा कर्तव्य र दायित्व हो, प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै बृहत्तर राजनीतिक सहमति र सार्थक प्रयासबाट आर्थिक विकासको एजेन्डातर्फ अगाडि बढ्नु अबको प्राथमिकता हुनुपर्दछ”– सन्देशमा भनिएको छ ।
उहाँले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, स्वाधीनता, आत्मगौरव एवम् मानवाधिकारको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सहिद शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र नेपाली माटोले जन्माएका सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति पनि श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया