Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै असहमति र गुनासा भए वार्ता र संवादबाटै तिनको समाधान गर्न सकिने भएकाले एक पटक फेरि वार्तामा आउन सम्बद्ध सबै पक्षलाई आह्वान गर्नुभएको छ । सहिद दिवसका अवसरमा दिनुभएको सन्देशमा प्रधानमन्त्री ओलीले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायतलाई लक्ष्य गर्दै संविधान जारी हुनुअघिदेखि नै मुलुकमा सिर्जना गरिएका समस्या क्रमशः सम्बोधन हुँदै आएको र यही माघ ९ गते संविधानमा भएको पहिलो संशोधनबाट राजनीतिक असहमतिलाई विभिन्न चरणमा हल गर्ने प्रक्रिया आरम्भ भएको उल्लेख गर्नुभएको छ ।
“यसबाट संविधानसम्बन्धी सबैको चासो क्रमशः सम्बोधन हुँदै जाने विश्वास म यस अवसरमा दिलाउन चाहन्छु, हामीबीच कुनै असहमति र गुनासा छन् भने वार्ता र संवादबाटै तिनको समाधान गर्न सकिने भएकाले एक पटक फेरि म सम्बद्ध सबै पक्षलाई वार्ता र संवादमा आउन आह्वान गर्दछु”– प्रधानमन्त्रीले भन्नुभएको छ ।
उहाँले प्रजातन्त्रको स्थापनाका लागि आफ्नो जीवन बलिदान गर्ने सहिद गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दलगायत सम्पूर्ण ज्ञातअज्ञात सहिदमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै एकतन्त्रीय जहानियाँ शासनको अन्याय र अत्याचारबाट नेपालीलाई मुक्ति दिलाई प्रजातन्त्रको स्थापनाका लागि अमर सहिदले आफ्नो प्राणको आहुति दिनुभएको स्मरण गर्नुभएको छ ।
यस्तै सहिदले देखाएको बाटामा अघि बढ्ने प्रण गर्न सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले बलिदानको उच्च सम्मान र भावनाको कदर गर्दै उहाँहरूको सपनालाई साकार पार्दै अघि बढ्न सरकार प्रयत्नशील रहँदै आएको जनाउनुभएको छ ।
लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय र समानता, सार्वभौमसत्ता, राष्ट्रिय एकता तथा अखण्डताको पक्षमा सरकार सधैँ दृढ रहने विश्वास पनि व्यक्त गर्नुभएको उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जनकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया