Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

दाङ– गायिका तथा सञ्चारकर्मी कोमल वलीले तुलसीपुर नगरपालिका–६ गोलौरामा पानी उद्योग खोल्नुभएको छ ।

ओम ड्रिङ्किङ वाटर एण्ड ओभरेज उद्योगको स्थापना गरी ‘कोमल जल’ नाम दिएर उहाँले पानीको उद्योगको स्थापना गर्नुभएको हो । ४० लाखको लगानीमा खोलिएको सो उद्योगमा हाल चारजनाले रोजगारी पाएका छन् । उद्योगको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले उद्घाटन गर्नुभयो ।

वलीले आफु स्थानिय बासिन्दा भएकाले आफ्नो ठाउँको सेवा गर्नका लागि पानी उद्योग खोलेको बताउनुभयो । आफनो उद्योगबाट बिक्री भएकामध्ये प्रतिबोतल १० पैसा सामाजिक हितमा खर्चगर्ने उहाँको भनाइ छ । कार्यक्रममा हास्यकलाकार जीतु नेपाल, कमल गाउँले, गायिका ऋतु कँडेललगायतका कलाकारले आ–आफना प्रस्तुती राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया