Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – नेपाली कांग्रेसको १३ औं महाधिवेशन शुक्रबारदेखि देशभर एकसाथ सुरु हुँदैछ । गाउँ, नगर वडा र नगर अधिवेशन देशभर एकैदिन हुन लागेको हो । पार्टीको केन्द्रीय नेतृत्व छनोटमा समेत प्रभाव पार्ने भएकाले संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच गाउँ तहदेखि नै प्रतिस्पर्धा सुरु भएको छ ।
संस्थापन पक्षभित्र सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल दुवै प्रतिस्पर्धाको तयारीमा छन् । नेतृत्वका लागि कोइराला र पौडेल दुवैको प्रतिस्पर्धाले संस्थापन पक्षीय सदस्यहरु स्थानीय तहको अधिवेशनमा अलमलमा परेका छन् । स्थानीय तहमा कोइराला र पौडेल आ आफ्नो पक्षीय प्रतिनिधि ल्याउनेमा भिडेका छन । आफ्ना पक्षीय प्रतिनिधि बढी ल्याउन सकेमा कोइरालालाई उम्मेदवारी दिनबाट रोक्न दबाव दिन सकिने योजनामा पौडेल छन् । कोइराला पनि पौडेललाई स्थानीय तहबाट कमजोर बनाउने रणनीतिमा लागेको देखिन्छन् । जसका कारण पौडेललाई ‘ब्याक’ गराउन सकिने उनको रणनीति छ ।
संस्थापन पक्षभित्र चर्केको नेतृत्वको होडबाजीको फाइदा भने देउवा पक्षले लिने सम्भावना छ । देउवा पक्षीय सदस्यहरु पार्टीको भावी नेतृत्वलाई केन्द्रमा राखेर स्थानीय तहदेखि नै आ(आफ्ना समूहका प्रतिनिधि छनोट गर्न देशभर एकजुटका साथ लागेका छन । स्थानीय अधिवेशनमा प्रभाव पार्नका लागि केन्द्रीय तहका नेताहरु समेत गृह जिल्ला पुगेका छन् ।
गाउँ, नगर वडा र नगर अधिवेशनले क्षेत्रीय प्रतिनिधि छनोट गर्छ । प्रतिनिधि छनोटका लागि देशभर करिब ५ लाख क्रियाशील सदस्यले शुक्रबारको मतदानमा भाग लिदैछन् । विशेष कारणबश शुक्रबार अधिवेशन हुन नसकेका ठाउँमा शनिबार गर्न सकिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार निर्वाचनका लागि देशभरनै प्रतिनिधि पुगीसकेका छन् ।

 

तपाईको प्रतिक्रिया