Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

चितवन – चितवन जिल्ला भरतपुर उप-महानगरपालिका ११ मा रहेको निलगिरी टोलले विगत ६ महिना अघि थालेको पूर्ण सरसफाइ अभियानको घोषणा समारोह आयोजना गर्ने भएको छ । अभियानकी संयोजक बिष्णुमाया पौडेलले यही माघ १६ गते र्‍यालि सहित घोषणा सभा गर्ने जानकारी दिनुभयो ।
पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा हुने समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका कार्यबहाक अध्यक्ष रामचन्द्र आचार्यले जानकारी दिनुभयो ।
जिल्ला विकास समित चितवन, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चितवन, भरतपुर उपमहानगरपालिका, भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा विभिन्न २७ वटा उपसमिति संयोजकहरुले आआफ्नो जिम्मेवारी पूरा भएको बताएका छन् ।
युनिसेफ नेपालका बोधनारायण श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय भरतपुरका हरिबावु ढकाल, सरसफाइ विज्ञ तुलसी ज्ञवाली , खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका ईन्जिनियर होमनाथ घिमिरेले प्राविधिक सहयोग गर्नु भएको छ । समारोहमा बाल श्रम मुक्त टोल घोषणा समेत गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया