Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – सूचना तथा प्रविधिको सदुपयोग गर्ने प्रवृत्ति सघनरुपमा बढिरहेको बेला एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले बिहिबारबाट ‘सिएमप्रचण्ड’ एन्ड्रोइड एप सञ्चालनमा ल्याउनुभएको छ । एमाओवादी अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार जनतासँगको अन्तक्र्रिया र छलफललाई थप प्रभावकारी बनाउन एप सञ्चालनमा ल्याइएको हो । सिएमप्रचण्ड नाम दिइएको सो एप विदिही प्रालिले विकास गरेको हो । एपमा अध्यक्ष दाहालको जीवनी, सन्देश एवम् राजनीतिक गतिविधिको जानकारी दिइनेछ ।
केही समयअघि मात्रै सामाजिक सञ्जालमा जोडिनुभएका अध्यक्ष दाहालको एप जनता, नेता तथा कार्यकर्तासँग अन्तक्र्रिया गर्न प्रभावकारी हुने विश्वास लिइएको उहाँका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले बताउनुभयो । ‘सिएमप्रचण्ड’ एप तत्काल एन्ड्रोइड फोनमा प्रयोग गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया