Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – चर्चित पपगायक भरत सिटौलाको नयाँ गीत सार्वजनिक भएको छ । नयाँपुस्तालाई ध्यानमा राखेर तयार पारिएको ‘बैंशमा मै पनि घोर्ले, तिमी नी च्वाँक हुँदी हौ’ बोलको गीत युट्युवमार्फत सार्वजनिक भएको छ । यस गीत रचना, संगीत र आवाज सिटौलाकै छ । संगीत संयोजन भने मोहित मुनालले गर्नु भएको छ ।
हाल अडियो मात्रै सार्वजनिक भएको गीतको भिडियो चाँडै निर्माण हुने गायक सिटौलाले समुद्रपारिलाई जानकारी दिनुभयो । गायक सिटौलाको यो गीतले प्रारम्भमै राम्रो प्रतिक्रिया  पाएको छ । ‘स्रोताहरुले सबैले नै गीत राम्रो बनेको छ । धेरै मन पर्यो भन्ने प्रतिक्रिया दिनु भएको छ ।’ सिटौलाले भन्नुभयो ।
गायक सिटौलाका ‘अचानक’, ‘कहिले आगो कहिले पानी’ ‘तिमी र म’लगायत करिब दर्जन गीत लोकप्रिय छन् ।

तपाईको प्रतिक्रिया