Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षणमा बुधबारदेखि बाघ गणना सुरु भएको छ । वन्यजन्तु आरक्षण कार्यालय मझँगाउँका अनुसार विगत वर्ष झै यस वर्ष पनि ‘क्यामरा ट्र्यापिङ’ प्रविधिबाट बाघ गणना सुरु गरिएको हो ।
‘हामीले आरक्षलाई विभिन्न समूहमा विभाजन गरेर एक महिनाभित्र गणना गर्ने योजना बनाएका छौँ’ – शुक्लाफाँटा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भन्नुभयो । गणनाका लागि आवश्यक प्रशिक्षणपछि आरक्षणको स्थानीय कर्मचारीको टोली गणनामा जुटेको प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार २४ जना कर्मचारी यसका लागि परिचालन हुनेछन् र सबै योजनाका साथ प्रविधि र हात्तीको सहायताले गणना हुन्छ । करिब ३०५ वर्ग किलोमिटर क्षेत्र फैलिएको आरक्षका सम्भावित क्षेत्रमा गणना कार्यलाई प्राथमिकतामा राखेको आरक्ष कार्यालयले जनाएको छ ।
आरक्षमा विगत ८ वर्षदेखि बाघ गणना कार्य हुँदै आएको छ । अघिल्लो वर्ष गरिएको बाघ गणनामा शुक्लाफाँटामा १७ वटा बाघ फेला परेको समेत कार्यालयले जनाएको छ । बाघ गणना कार्यमा आरक्षण सुरक्षार्थ खेटिएको नेपाली सेनाको भवानी बक्स गण, माझगाउँ ब्यारेक र जिल्ला वन कार्यालय कञ्चनपुर पनि सहभागी हुनेछन् । ‘गणनाको टोलीलाई हाम्रो सुरक्षाका साथै हाम्रो पनि सहभागिता रहन्छ’, भवानी बक्स गणका गणपति प्रमुख सेनानी उत्तम थापाले भन्नुभयो– ‘आरक्षणको चौतर्फी सुरक्षामा सेना तैनाथ छ ।’

तपाईको प्रतिक्रिया