Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

म्याग्दी – विद्यार्थी सङ्ख्या न्यून भएपछि म्याग्दीको एक विद्यालयले विद्यालयप्रति आकर्षित गर्न विद्यार्थीलाई छात्रवृत्तिसहित मासिक रुपमा नगद रु दुइसय प्रदान गर्न थालेको छ । सदरमुकाम बेनीबजारदेखि तीन किलोमिटरको दूरीमा रहेको गलेश्वरमा अवस्थित जडभरत प्राविले नियमितरुपमा विद्यालयमा आउने विद्यार्थीलाई नगद दुइसयसहित अतिरिक्त सुविधाको व्यवस्था गरेपछि विद्यार्थीको सङ्ख्या पनि बढ्न थालेको छ ।
बेलायतमा कार्यरत खिम शेरचनबाट सङ्कलन गरिएको रु २० लाख विद्यालयको मुद्धतिमा राखेपछि विद्यार्थीलाई आकर्षण गर्न सजिलो भएको र विद्यार्थीको सङ्ख्या निरन्तर बढिरहेको विद्यालयका शिक्षक मनोज पौडेलले बताउनुभयो ।
सुविधा स्थापना गरेपछि ५८ विद्यार्थी पुगेका छन् । नगदसहितको सुविधाका बारेमा जानकारी पाएपछि १० विद्यार्थी थप भएको विद्यालयले जनाएको छ । नियमित विद्यालयमा आउने विद्यार्थीलाई जिल्ला शिक्षा कार्यालयबाट प्राप्त हुने छात्रवृत्तिबाहेक हाजिर हेरेर मासिक दुइसय रुपैया उपलब्ध गराउने गरिएको छ । नयाँ शैक्षिक सत्रका लागि अहिलेदेखि विद्यालयले भर्नादर बढाउने गरी घरदैलो सहितको योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया