Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

 
खोटाङ – जिल्लामा कार्यालयका प्रमुख नहुदा सेवाग्राही मारमा परेका छन् । एकैसाथ तेह्र कार्यलयका प्रमुख विभिन्न काम देखाएर जिल्ला बाहिर गएका छन् । दुई सातादेखि तेह्र कार्यालयका प्रमुख जिल्लाबाहिर गएपछि विभिन्न काम लिएर कार्यालय आउने सेवाग्राही मारमा परेका हुन् ।
गोष्ठी, तालिम र घर बिदाको बहाना बनाएर कार्यालय प्रमुख हिँडेपछि आफूहरु मारमा परेको सेवाग्राहीले बताएका छन् । कतिपय कार्यालय प्रमुख मधेसी मूलका भएकाले आन्दोलनका लागि गएको स्रोतले जनाएको छ । कार्यालय प्रमुख कार्यालयमा नहुदा जिल्लाका विकट ठाउँबाट कामका लागि आएका सर्वसाधारण बढी मर्कामा परेका छन् । प्रमुखहरु गोष्ठी र तालिम छ भन्दै काठमाडौँ, विराटनगर र गाईघाट गएको कार्यालयका प्रतिनिधिले जनाएका छन् ।
कार्यालय प्रमुखसँगै दोस्रो र तेस्रो तहका कर्मचारीसमेत कार्यालयमा लामो समयदेखि उपस्थित छैनन् । स्रोतले दिएको जानकारीअनुसार स्थानीय विकास अधिकारी, विद्युत् प्राधिकरण, शिक्षा कार्यालय, जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत, स्वास्थ्य कार्यालय, जिल्ला प्राविधिक कार्यालय, नेपाल टेलिकम, निर्वाचन कार्यालयका प्रमुख र दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत दुई सातादेखि जिल्लाबाहिर छन् ।
जिल्ला हुलाक कार्यालय, सिँचाइ कार्यालय, घरेलु विकास कार्यालय, खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय र जिल्ला आयुर्वेद कार्यालयका प्रमुख पनि लामो समयदेखि जिल्लाबाहिर रहेका छन् ।
जिविसले इलाका परिषद्को तयारी तथा चालु आर्थिक वर्षका लागि योजना सम्झौता गर्नुपर्ने समयमा माथिल्लो दर्जाका कोही पनि जिविसमा नहुदा सम्झौताका लागि आएका उपभोक्ता पनि मारमा परेका छन् ।
यस्तै अधिकांश गाविस सचिव पनि जिल्लाबाहिर रहेका छन् । गाँउ परिषद् सकिएलगत्तै सचिवले जिल्ला छाड्दा इलाका परिषद् गाविस योजना प्रभावकारी नहुने जिल्लावासीको भनाइ छ । जिल्लाका १३ भन्दा बढी कार्यालयमा एकैपटक कार्यालय प्रमुख नहुँदा जाडो छल्न गएको स्थानीयवासीको आरोप छ । जिल्लाबाहिर रहेका सबै कार्यालय प्रमुखले प्रशासनबाट स्वीकृति लिएर गएको प्रजिअ रुद्रबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार कसैको गोष्ठी, कसैको तालिम परेको भन्दै बिदा माग्न आएकाले बिदा दिइएको हो ।

तपाईको प्रतिक्रिया